शिक्षण अस्पतालका थप ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

३० साउन, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो।

तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन संयोजक सन्तकुमार दासले जानकारी दिए।

Advertisement

योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ।

स्वाब परीक्षण गरिएका सबैलाई कोरोना देखिएको अवस्थामा अस्पतालले नै उपचारको व्यवस्था मिलाउने संयोजक दासले बताए।

Advertisement

हाल अस्पतालको इमर्जेन्सी वार्ड सिल गरिएको छ । साथै, सरसफाइको काम चलिरहेको संयोजक दासले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top