×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

सरकारको सार्थक पहलः ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

३१ श्रावण २०७७

३१ साउन, काठमाडौं ।

सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६.४४ प्रतिशत घरमा विद्युत् सेवा पुगेको हो । ती घरमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको हो ।

ऊर्जामन्त्री वर्षमान पुनले पद सम्हालेलगत्तै सार्वजनकि गरेको श्वेतपत्र तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सार्थक पहलपछि नागरिकले सहजरुपमा विद्युत् सेवा पाएका हुन् । आगामी दुई वर्षभित्र सबै घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यका साथ हाल काम भइरहेको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश नं २ का घरमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । प्रदेश नं २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरमा विद्युत् पुगेको प्राधिकरणको विवरणमा समावेश छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशतमा मात्रै विद्युत् सेवा पुर्याएको छ । आगामी दुई वर्षभित्र कर्णालीका धेरै जसो स्थानमा विद्युत् पुर्याउने लक्ष्य राखिएको छ ।

सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य, लघुजलविद्युत् लगायतका माध्यमबाट पनि विद्युतीकरण गर्दै आएको छ । सो समेत जोड्दा झण्डै ९० प्रतिशत जनसङ्ख्यामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार अहिले ९० प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ ।

आव ०७२/७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो । सोही आवमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त भएका थिए । पछिल्ला चार वर्षको अवधिमा २३.२८ बढी विद्युत्को पहुँचमा वृृद्धि भई हाल ८६.४४ प्रतिशत पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने– “आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाएका छौं, यसका लागि बजेटको जोहो भइसकेको छ ।”

एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने भएको छ । सरकारले विसं २०७९ भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत् खपतलाई ७०० युनिट पुर्याउने लक्ष्य तय गरेको छ । हाल प्रतिव्यक्ति ऊर्जा खपत २६० युनिट पुगेको छ ।

कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण प्रणालीबाट ३०.५७ र अफ ग्रिडबाट ४.१७ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन ।

प्राधिकरणले ती जिल्लामा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गरिरहेको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशमा विद्युतीकरण चुनौतीपूर्ण रहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्रदेश नं २ का आठ जिल्लामध्ये सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । प्रदेश नं २ पछि वाग्मती प्रदेशमा सबैभन्दा बढी विद्युतीकरण भएको छ । सो प्रदेशमा ९४.४४ प्रतिशत विद्युतीकरण भएको हो । यस प्रदेशका काठमाडौँ, भक्तपुर र नुवाकोटमा पूर्ण विद्युतीकरण भएको छ । सिन्धुलीमा सबैभन्दा कम ६९.५१ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।

गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा र पर्वतमा पूर्ण विद्युतीकरण भएको छ । मनाङमा सबैभन्दा कम ६४ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । लमजुङ, तनहुँ, कास्की, म्याग्दी र बाग्लुङमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ ।

प्रदेश नं ५ मा ९१ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश नं ५ का १२ जिल्लामध्ये नवलपरासी, कपिलवस्तु र बर्दियामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । गुल्मी, अर्घाखाँची र रुपन्देहीमा ९५ प्रतिशभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम ११.२५ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।

प्रदेश नं १ मा ८२.४३ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश नं १ मा पर्ने १४ जिल्लामध्ये सबैभन्दा बढी धनकुटामा ९७ र सबैभन्दा कम सोलुखुम्बुमा १३.५५ प्रतिशत विद्युतीकरण भएको छ । झापा, मोरङ र सुनसरीमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । सुदूरपश्चिम प्रदेशमा ६४.६९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशमा पर्ने नौ जिल्लामध्ये सबैभन्दा बढी कञ्चनपुरमा ९२.७९ र कम बझाङमा १०.२१ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।

गत आव ०७६/७७ सम्ममा प्राधिकरणका विद्युत् ग्राहक सङ्ख्या करीब ४२ लाख पुगेको छ । यो विगत चार वर्ष अगाडिको तुलनामा करीब ४२ प्रतिशतले बढी भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । सामुदायिक र बुटवल पावर कम्पनीको समेत गर्दा विद्युत्का कूल ग्राहक सङ्ख्या ४८ लाख पुगेको छ ।

ग्रिड पुर्याउन सम्भव नहुने स्थानमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो-हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ । हरेक नेपालीको पहुँचमा विद्युत् पुर्याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको कार्यकारी निर्देशक घिसिङले बताए ।-रमेश लम्साल/रासस

भर्खरको समाचार

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top