एनआरएनए कतारद्वारा ६ हजार ५ सय नेपालीलाई खाद्यान्न वितरण

३० साउन ७७, शनिबार

योगेन्द्र योगी
३१ साउन, दोहा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म कोरोना प्रभावित नेपाली कामदारका लागि राहत वितरण गरिरहेको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई अझै खाद्यान्न वितरण कार्य जारी रहेको अध्यक्ष मुसलमानले बताए ।

Advertisement

कोरोना महामारीबाट पीडित ६ हजार ५ सय ९० नेपालीलाई विभिन्न चरणमा राहत वितरण गरिसकिएको उनले बताए । कोरोनाका कारणले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।

Advertisement

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध गराइसकेको छ ।

यता, कतारबाट स्वदेश फर्किने नेपालीको संख्या दिनप्रति दिन बढिरहेको छ भने अहिलेसम्म ३० औँ उडानमार्फत ५ हजार ४६५ जना मात्र स्वदेश फर्किएका छन् ।

दूतावासले पछिल्लो पटक सार्वजनिक गरेको सूचीमा अझै घर फर्किने नेपालीको संख्या ९ हजार ३ सय ८५ जना रहेको जनाएको छ । थप उडान कहिले हुने बारे दूतावासले केहि खुलाएको छैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top