×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता

३२ श्रावण २०७७

३२ साउन, काभ्रे ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।

जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालगायतका बजार क्षेत्रमा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल भेलाजस्ता काम नगर्न÷नगराउन सबैमा अनुरोध गरेसँगै नगपालिकाहरुले सूचना जारी गर्दै सतर्कता अपनाउन आम नगरवासीमा आग्रह गरेका हुन् ।

यसैबीच बनेपा नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै शनिबारबाट अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ । पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमणको क्रम बढ्दै गइरहेको भन्दै शनिबारबाट अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै प्रकारका पेशा व्यवसाय पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको छ ।

त्यससँगै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कँदा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारबाट जारी भएका न्यूनतम स्वास्थ्य मापदण्डको पूर्णरूपमा परिपालन गर्नसमेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । पनौती नगरपालिकाले पनि अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ ।

सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि नगरपालिका र वडा कार्यालयबाट दैनिकरूपमा प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा बन्द गरेको नगरप्रमुख भीम न्यौपानेले बताए ।

मण्डनदेउपुर नगरपालिकाले पनि अत्यावश्यक सामग्रीबाहेकका अन्य सेवा सञ्चालन गर्न रोक लगाएको छ । सूचना जारी गर्दै नगरपालिकाका अधिकृत मनोज अधिकारीले अत्यावश्यक वस्तु दूध, फलफूल, तरकारी, औषधि, इन्धन, पानीजस्ता सामग्री खरिदका लागि प्रत्येक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

त्यस्तै दूध सङ्कलन गर्ने सङ्कलकलाई किसानको पालो तोकेर प्रत्येक दिन बिहान ६ देखि ८ बजेसम्म मात्र भौतिक दूूरी कायम गरी सङ्कलन गर्न आग्रह गरेको छ । जिल्लाको नमोबुद्ध नगरपालिकामा शुक्रबार पहिलोपटक तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ ।

सङ्क्रमण पुष्टि भएका तीन जना दुबईबाट आएर नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएको र समुदायमा घुलमिल नभएका कारण आतङ्कित नहुन नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले सबैमा अनुरोध गरेका छन् ।

त्यसैगरी पाँचखाल नगरपालिकाले नगर क्षेत्रमा सङ्क्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा आजबाट आगामी भदौ ६ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक सेवा स्वास्थ्य, दूध, तरकारी, खाद्यान्नलगायतका वस्तु बिहान ६ देखि १० बजेसम मात्रै खुला रहने जनाएको छ ।

नगरभित्र रहेका वित्तीय सङ्घ÷संस्था, होटल, रेष्टुरेण्ट, सैलुन, ब्युटीपार्लर र पार्टी प्यालेसलगायतका बजार पूर्णरूपमा बन्द गरिने जनाइएको छ । त्यससँगै न्यायिक समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाको न्यायिक समितिको काम कारवाहीसमेत अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको बताएका छन् ।(रासस)

भर्खरको समाचार

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top