संक्रमितको उपचारमा संलग्न अस्पताललाई दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयको आग्रह

३२ साउन ७७, आइतबार
Share this
759shares

३२ साउन, काठमाडौं । कोरोना शंकास्पद तथा संक्रमित व्यक्तिको उपचारमा संलग्न अस्पताललाई अनुदान रकम उपलब्ध गराउने प्रायोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिनभित्र विवरण बुझाउन आग्रह गरेको छ ।

Advertisement

मन्त्रालयका अनुसार उपचारमा संलग्न अस्पताललाई प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने तयारी भइरहेको छ ।

जोखिम मोलेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा अस्पताललाई प्रोत्साहित गर्न यस्तो कार्य गालेको मन्त्रालयले बताएको छ ।

Advertisement

यस्तै, विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ हुन गए अस्पतालनै जवाफदेही बन्नु पर्ने मन्त्रालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top