भारतमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ५० हजार नजिक

३१ साउन ७७, आइतबार

३२ साउन, नयाँदिल्ली।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको सङ्ख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या ४९ हजार ९८० पुगेको छ ।

पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदैआएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९४४ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको सङ्ख्यामा भारतमा सङ्क्रमितहरू थपिदै आएका छन् ।

Advertisement

सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ४८९ जना सङ्क्रमित भएका हुन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २५ लाख ८९ हजार ६८२ रहेको छ । ती मध्ये छ लाख ७७ हजार ४४४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १८ लाख ६२ हजार २५८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । कुल सङ्क्रमित मध्ये दुई प्रतिशतभन्दा कमको मात्रै कोरोनाका कारण मृत्यु भएको पाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top