विपन्नलाई ‘अक्सिजन बैंक’ : एक फाेनमै सित्तैमा पाइन्छ अक्सिजन

३२ साउन ७७, सोमबार

काठमाडौं : घरमै बसेर कोभिड-१९ को उपचार गराइरहनुभएको छ ? अक्सिजन भेटिएन ? चिन्ता गर्नुपर्दैन। एक फोनमै सहजै अक्सिजन पाइन्छ। त्यो पनि सित्तैमा। कोभिड-१९ को बढ्दो संक्रमणका कारण अस्पतालमा चाप बढेको छ। बेड पाउन मुस्किल छ। यस्तोमा घरबाटै उपचार गराउनु बिस्तारै बाध्यता बन्न सक्छ। त्यस्ता बिरामीलाई यो सुविधा उपयोगी हुन सक्छ।

त्यसका लागि लायन्स क्लब अफ काठमाडौं समर्पणले शनिबार राजधानीमा ‘अक्सिजन बैंक’ शुभारम्भ गरेको छ। उक्त बैंकको सेवा घरमै उपचार गराउने बिरामीमा केन्द्रित छ। यसले बिरामीलाई आवश्यक परेको समयमा निःशुल्क अक्सिजन उपलब्ध गराउनेछ। क्लबका अनुसार विपन्न वर्गका बिरामीलाई बिनाधरौटी अक्सिजन दिइनेछ। आफू विपन्न भएको प्रमाण नभएका व्यक्तिको हकमा १० हजार रुपैयाँ धरौटी भने राख्नुपर्नेछ। विपन्नताको दुरुपयोग नहोस् भनेर फारम भर्ने व्यवस्था गरिएको क्लबले जनाएको छ।

‘कोरोना महामारी फैलिँदै जाँदा घरमै श्वासप्रश्वाससम्बन्धी उपचार गराइरहेका बिरामीलाई कसरी सहयोग गर्नेे ? सोच्दै जाँदा यो उपाय फुरेको हो’, क्लबका अध्यक्ष दीपक बंशलले भने, ‘अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ। घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराउनु बाध्यता बन्दै गएको छ। त्यस्ता बिरामीलाई अक्सिजन निःशुल्क उपलब्ध गराउनेछौं।’

Advertisement

क्लबले आफ्नो आउटलेट कलंकी र सानेपामा राखेको छ। बिरामीले कार्यालयमा सम्पर्क राखेर अक्सिजन लैजान सक्नेछन्। बिरामी वा आफन्तले ९८१३१८६४८४ मा फोन वा एसएमएस गरे अक्सिजन उपलब्ध हुनेछ। माग बढे आउटलेट थप्दै जाने उनको भनाइ छ। यसमा लायन्सले अक्सिजन प्लान्ट उद्योगहरूसँग सहकार्य गरेको छ।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top