अनियमितताको हटस्पट ‘स्थानीय तह’

३२ साउन ७७, सोमबार

लहान : कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तहले व्यापक अनियमितता गरेको खुलेको छ । विपद् व्यवस्थापनमा खर्चदेखि पदाधिकारी भत्ता वितरण गरेर अनियमित खर्च देखाएर भ्रष्टाचार गरेको पाइएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीको भत्ताभन्दा जनप्रतिनिधि पदाधिकारीको भत्ता बढ्दा वितरण भएको पाइएको छ । औरही गाउँपालिकाले स्वास्थ्यकर्मीका भत्तामा ८ लाख २ हजार ७ सय २३ खर्च देखाएको छ । पदाधिकारीको भत्तामा ११ लाख ९६ हजार ६ सय रुपैयाँ खर्च गरेको छ । यस गाउँपालिकाले ५३ लाख ६९ हजार १ सय ९५ रुपैयाँको झुल गरिद गरेको जनाएको छ । यद्यपी झुल कुनैपनि नागरिकलाई वितरण गरिएको छैन ।

यस गाउँपलिकाको अनियमितता छानविन गर्न उजुरी परेपछि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले कोरोना विपद्को खर्च सम्बन्धि कागजात नियन्त्रणमा लिएर गएको छ । अख्तियार अधिकृत हिरालाल भोलन नेतृत्वको टोलीले गाउँपालिकाबाट कोरोना नियन्त्रणमा गरिएको खर्चको कागजात अनुसन्धानका लागि लिएर गएको छ ।

Advertisement

औरही गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमाट २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैयाँ खर्च गरेको विवरण प्रशासनलाई बुझाएको छ ।

अख्तियारले कोराना संक्रमण नियन्त्रण प्रयोजनार्थ सिरहा नगरपालिकाले खरिद गरेको सामग्रीमा भएको अनियमितता छानविन गर्न सम्बन्धित कागजातको प्रतिलिपी लिएर गएको छ । नगरपालिकाले सार्वजनिक गरेको खर्च बिवरणअनुसार एक थान तकिया खोलको २८ सय ७६ रुपैयाँ ३५ पैसा, एक थान तन्नको ८ हजार ७१ रुपैयाँ २५ पैसा उल्लेख छ । यसै बिवरणको आधारमा स्थानीयले गरेको उजुरीको आधारमा अख्तियार नगरपालिकाबाट कागजात लिएर गएका छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top