विराटनगर,वैशाख १३ ः राष्ट्रिय फोटो पत्रकार दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकार महासंघ मोरङले गरेकाे ¥यालीपछि आयोजित कोणसभामा १ नं प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेकाे पनि सहभागिता रहेकाे थियाे ।
कोणसभालार्इ सम्बाेधन गर्दै सामाजिक विकासमन्त्री घिमिरेले फोटो पत्रकार समाजका ऐना भएकाले समाजलाई सहयोग पुग्नेगरी पत्रकारले कलम चलाउनुुपर्ने बताए ।पत्रकारको हकहितका लागि प्रदेश सरकार सहयोग गर्न कटिबद्ध रहेको घिमिरेकाे भनार्इ थियाे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष कुमोद अधिकारी र फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य वेदराज पौडेलकाे पनि उपस्थिती थियाे ।
महासंघले पत्रकारको हकहितका लागि आवाज उठाउनुुपर्नेमा जोड दिँदै सहभागीहरूले स्थानीय निकायमा भएको विकास निर्माणसम्बन्धी जानकारी दिन फोटो पत्रकारलाई रोजगार दिनुपर्ने बताएका थिए ।
				
                                                    
                                                    






                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
