टेकराज बन्जरा
विराटनगर, वैशाख १३
आगामि वैशाख १५ गते शनिबारदेखी विराटनगरमा लियो फुटसल टुर्नामेन्ट–२०१८ सञ्चालन हुने भएको छ । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
फुटसल टुर्नामेन्टमा लियो डिस्ट्रिक ३२५ ए वान अन्तर्गतका दश वटा लियो क्लबले प्रतिष्पर्धा गर्ने विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
विराटनगर तिनपैनी स्थित स्पोर्टस् हबमा हुने फुटसल टुर्नामेन्टको उद्घाटन खेलमा मैत्रीपूर्ण खेलहरु खेलाईने लियो क्लब विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष रितेश मैनालीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
फुटसल प्रतियोगिताको फाइनल खेल आगामि वैशाख १८ गते हुनेछ । प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र एवं विभिन्न पुरस्कारहरु वितरण गरिने जनाइएको छ ।
लियो क्लव लायन्स क्लबको युथ प्रोजेक्ट अन्तर्गत रहेको युवाहरुको समुह हो । जसले विभिन्न सामाजिक कार्यहरु गर्दैै आएको छ ।