Nepal Times
Nepal Times
3
Shares

विराटनगर भन्सार कार्यालयमा १० महिनामै ४ सय ५२ चोरी पैठारीका मुद्धा दर्ता

विराटनगर भन्सार कार्यालयमा १० महिनामै ४ सय ५२ चोरी पैठारीका मुद्धा दर्ता

किशोर विश्वकर्मा
विराटनगर, बैशाख १३
विराटनगर भन्सार कार्यालयमा चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा साढे ४ सय चोरी निकासी पैठारीका मुद्धा दर्ता भएका छन् । उक्त महिना सम्ममा चोरी निकासी पैठारीका ४ सय ५२ वटा मुद्धा दर्ता भएका हुन् ।

कार्यालयमा चैत मसान्त सम्ममा शसस्त्र प्रहरी अन्य निकाय तथा भन्सार राजश्व गस्तीले पक्राउ गरेका चोरी निकासी पैठारीका ७४ वटा दर्ता भएका छनन् । जसको प्रतिवेदन मुल्य ३१ लख ७५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सोहि अवधीमा नेपाल प्रहरीले पक्राउ गरेका ३ सय ७८ वटा चोरी निकासी पैठारीका मुद्धा दर्ता भएका छन् । जसको प्रतिवेदन मुल्य १ करोड ८० लाख ८ हजार रुपैयाँ रहेको भन्सार कार्यालयका सुचना अधिकृत शुशिल थापाले जानकारी दिए ।

उनले विराटनगर भन्सार कार्यालयले विभिन्न निकाय सँगको समन्वयमा चोरी निकासी पैठारीमा कडाइ गरेका कारण धेरै संख्यामा चोरी निकासी पैठारीका मुद्धा दार्ता हुन सफल भएको दावी गरे ।

सुचना अधिकृत थापाले देशमा निर्वाचन पश्चात तिनवटै तहको सरकार निर्माण भइसकेकाले लक्ष्य अनुरुप राजश्व संकलन गर्न र भन्सार महशुल नबुझाई चोरी निकासी पैठारी हुन नदिन अझ कडाइ गरिएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.