भक्तपुरले आजबाट नाकाहरुमा कडाई गर्ने, नाकामा नगरपालिकाका कर्मचारीहरु समेत खट्ने

३२ साउन ७७, सोमबार

१ भाद्र, भक्तपुर ।
भक्तपुर नगरपालिकाले आजबाट नगर प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाई गर्ने भएको छ।

बाहिरबाट मानिसहरु निर्वाध रुपमा प्रवेश गर्दा कोभिड १९ को संक्रमण नियन्त्रणमा समस्या हुने भन्दै नगरपालिकाले नगर प्रवेश गर्नेहरुको विवरण संकलन गर्न लागेको हो। आजबाट आवश्यक निगरानीको लागि नाकाहरुमा नगरपालिकाका कर्मचारीहरु समेत खट्ने भएका छन्।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको एक बैठकमा नगर प्रवेश गर्ने नाकाहरुमा विशेष सावधानीका साथ नगर प्रवेश गर्नेहरुको विवरण संकलन र आवश्यक निगरानी गर्ने निर्णय गरिएको थियो। विश्वभर फैलिरहेको कोरोना संक्रमणको नियन्त्रणमा संसारका शक्तिशाली देशहरु नै पछि परेको भन्दै नगर प्रमुख प्रजापतिले नेपालमा भयावह अवस्थामा महामारी फैलिन अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने बताए।

Advertisement

भक्तपुरमा पनि संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नागरिकहरुको जीवन रक्षाको लागि सबै किसिमका उपाय अपनाउने उनले बताए। हाल बाहिरबाट आउने मानिसहरुमा संक्रमण देखिएको सन्दर्भमा नगर प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाईका साथ निगरानी गर्न र आवश्यक सतर्कता अपनाउने कार्यहरु आजबाट सुरु भएको उनले बताए।

भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरु, सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी रहेको छ। आजबाट यहाँ भक्तपुर नगरपालिकाका कर्मचारीहरु खट्ने छन्।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top