भारतबाट आएर इलामको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

१ भदौ ७७, सोमबार

१ भाद्र, इलाम ।
इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

Advertisement

भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय नगरपालिका–९ घर भएका २२ वर्षीय युवकको आइतबार राती मृत्यु भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए । उनका अनुसार मृतकको पीसीआर रिपोर्ट सोमबार दिउँसोसम्म आइपुग्ने छ । २९ गते नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top