×

NEPAL TIMES UPDATES

Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026

भारतमा चौबीस घण्टामा झन्डै ५८ हजार संक्रमित थपिए, ग्रामीण क्षेत्रमा कोरोनाको कहर

१ भाद्र २०७७

१ भाद्र, एजेन्सी ।
भारतमा गत चौबीस घण्टामा ५७ हजार ९ सय ८१ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।

गत चौबीस घण्टाको अवधिमा भारतमा कोरोना संक्रमणबाट नौ सय ४१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा अहिलेसम्म ५१ हजार बढिको मृत्यु भएको छ । भारतमा अहिलेसम्म २६ लाख ४७ हजार ६६३ जनामा कोरोना संक्रमण भएको पुष्‍टि भएको छ ।

Advertisement
Advertisement

भारतमा ग्रामिणक्षेत्रमा कोरोनाको कहर

भारतका ग्रामीण क्षेत्रहरुमा ६० करोडभन्दा बढी मानिसको बसोबास छ ।

ग्रामीण क्षेत्रका भारतीयमध्ये धेरैजसो परीक्षण र उपचारबिनै कोरोना भाइरसको सिकार बन्‍ने त होइन भन्‍ने चिन्ता बढेको छ । नेसनल फेमिली हेल्थ सर्भे–४ को तथ्यांकअनुसार ग्रामीण जनसंख्याको २५ प्रतिशत मानिसहरुमात्रै सार्वजनिक स्वास्थ्य सेवाको पहुँचमा छन् । भारतका वृद्धवृद्धाहरुको ७० प्रतिशत जनसंख्या गाउँमा छ ।

उनीहरुको स्वास्थ्यबारे पनि चिन्ता बढेको छ । स्वास्थ्य सेवासम्म पहुँच नभएकै कारण भारतका गाउँहरुमा धेरै मानिसहरु गम्भीर बिरामीको उपचार पनि गराउन सक्दैनन् । यस्तो परिस्थितिमा ज्यानै जाने रोगको उपचार समयमै हुन सक्दैन ।

भारतका वरिष्ठ महामारी विशेषज्ञ जयप्रकाश मुलियल भारतको आधा जनसंख्यामा कोरोना संक्रमण पुग्‍ने दाबी गर्छन् । उनले ‘द गार्जियन’ सँग भारतका ग्रामीण क्षेत्रमा पहिलेबाटै गम्भीर रोगबाट ग्रसितहरुमध्ये धेरैजसोले कोरोनाको उपचार गराउन नसक्ने प्रतिक्रिया दिएका छन् ।

“ग्रामीण भेकका गम्भीर रोगबाट ग्रसित समूह र पाको उमेर भएकाहरु भाइरसको चपेटामा आउने खतरा बढी छ । सीमित संसाधनका कारण परिवार पाको उमेरका बिरामीलाई तत्काल अस्पताल लगेर जान सक्ने छैनन् । उनीहरुलाई मर्नका लागि छोडिनेछ ।

यो ग्रामीण भारतको सत्यता हो, जहाँ औसत आयु ६५ वर्षमात्रै छ,” उनले भनेका छन् । मुलियल भन्छन्, ‘‘भारतका कैयौं जिल्ला १० हजार वर्ग किलोमिटरभन्दा ठूला छन् । मृत्यु अलग–अलग क्षेत्रमा भइरहेको छ । यस्तो अवस्थामा मानवीय त्रासदीको पूरै तस्बिर कहिल्यै आउने छैन । आए पनि धेरै समय लाग्‍नेछ ।’’

ग्रामीण क्षेत्रको डर
सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुले ग्रामीण भारतमा फैलिने महामारी सहरी क्षेत्रको तुलनामा बिल्कुलै फरक हुने बताएका छन् ।

सहरमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढे पनि डाक्टर र स्वास्थ्यकर्मीहरुसँग त्यसविरुद्ध लड्न केही संसाधन छन् । भारतमा ८० प्रतिशत डाक्टर र ६० प्रतिशत अस्पताल सहरी क्षेत्रमा मात्रै छन् । २० भन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेश र १० करोडभन्दा बढी जनसंख्या भएको राज्य बिहारमा अवस्था कठिन हुन सक्छ ।

दुबै राज्यहरुमा सार्वजनिक स्वास्थ्य सेवाहरु अत्यन्तै लाचार छन् । भारतका गरिब प्रान्तमध्येको एक बिहारमा ३० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखाभन्दा तल छन् । बिहारमा करिब ९० प्रतिशत जनसंख्या गाउँमा छ । २०१९ को नेसनल हेल्थ प्रोफाइल डाटाअनुसार बिहारमा हरेक १० हजार जनसंख्यामा केवल एक शय्या र चार डाक्टर मात्रै उपलब्ध छन् ।

Advertisement
Advertisement

राज्यमा भाइरल ज्वरो वा डेंगु फैलिँदा स्वास्थ्य सेवाहरुको अवस्था नराम्रोसँग प्रभावित हुन्छ । उत्तर प्रदेश सरकारका अनुसार अहिले प्रदेशमा कोरोना भाइरस संक्रमितको उपचारका लागि एक सय ३५ अस्पताल छन् । सरकारले ठूलो संख्यामा परीक्षण गर्ने लक्ष्य पनि राखेको छ । तर, पनि अझै संक्रमणको पूर्ण तस्बिर आउने सकेको छैन ।(बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top