×

NEPAL TIMES UPDATES

Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026

भिसा सकिएर गैरकानुनी भएका विदेशी नागरिकलाई यूएईले दियो थप तीन महिनाको आममाफी

१ भाद्र २०७७

१ भदौ, काठमाडौं । भिसा सकिएर गैरकानुनी भएका विदेशी नागरिकलाई यूएईले थप तीन महिनाको आममाफी दिएको छ ।

मार्च १ भन्दा अघि टुरिष्ट र रेसिडेन्ट भिसा सकिएर गैरकानुनी हैसियतमा बसिरहेका विदेशी नागरिकलाई यूएईले तीन महिनाको आममाफी दिएको यूएईको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement
Advertisement

यूएईले भिसा सकिएका तर कोरोनाको कारण घर फर्कन नपाएकालाई मे १८ देखि अगष्ट १८ सम्म देश छाड्न समय दिएको थियो । यो समयमा घर फर्कनेलाई जरिबाना नगर्ने जनाएको थियो । अब यूएईले यही समयलाई थप तीन महिना थप्दै नोभेम्बर १७ सम्म पु¥याएको हो ।

तोकिएको समयमा देश छाडेर स्वदेश फर्किएमा ओभरस्टे बापतको सबै जरिबाना शुल्क पनि मिनाहा गरिदिने यूएईले जनाएको छ । यूएईले यो समयको सदुपयोग गर्दै स्वदेश फर्किएर जरिबानाबाट बच्न सबै गैरकानुनी विदेशी नागरिकलाई अनुरोध गरेको छ । यो अवसर मार्च १ भन्दा अघि भिजिट, टुरिस्ट भिसा र बसोबासको भिसा सकिएकाको हकमा लागू हुनेछ ।

तर यो नियम मार्च १ भन्दा पछि भिसाको अवधि सकिएका, जागिर गुमाएका र भिसा क्यान्सिल भएकालाई भने लागू हुने छैन । आममाफीमा सहभागी भएर दुबई इन्टरनेशनल एअरपोर्ट भएर आउनेले उडान हुनुभन्दा ४८ घण्टाअघि नै त्यहाँको अध्यागमनमा गएको प्रक्रिया मिलाउनुपर्छ ।

आबुधाबी, सारजहा र रसअलदेमा विमानस्थलबाट घर फर्कनेले भने उडान हुनुभन्दा ६ घण्टा अघि मात्रै विमानस्थलमा पुग्दा हुन्छ ।

Advertisement
Advertisement

यूएईले टोल फ्रि नम्बर ८०० ४५३ आममाफीका सम्बन्धमा थप जानकारी दिनका लागि व्यवस्था गरेको छ । यो नम्बरमा फोन गरेर थप जानकारी लिन सकिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top