दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खरबहरुः

१.(रेकर्ड तोड्दै कोरोना)
नेपालमा कोरोनाका कारण हालसम्म १ सय १४ जनाको मृत्यु /आज सोमबार अहिलेसम्मकै धेरै १ हजार १६ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुग्यो /१७ हजार ५ सय ८० जना डिस्चार्ज ।

२.(आजको परीक्षण)
आज सोमबारसम्म ५ लाख ८२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण /देशभर १३ हजार ९ सय २६ जना क्वारेन्टिनमा /१० हजार ५ सय ६३ जना आइसोलेसनमा ।

Advertisement

३.(प्रदेशको कोरोना)
विराटनगरमा एकै दिन ९६ सहित प्रदेश १ मा १ सय ३९ संक्रमित थपिए/विराटनगरमा ६ सय ९१सहित प्रदेशमा संक्रमित २ हजार २ सय ३२ पुगे /१ हजार १ सय ३३ जना डिस्चार्ज ।

४.(जनताका समस्यामा सरकार)
कोरोनाको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञादेखि कफ्र्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदान/बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने / परिवारमा एकजनाको मृत्यु भए २ लाख र एकभन्दा बढीको भए प्रतिव्यक्ति एक लाख दिने ।

५.(मनन् गर्ने सुझाव)
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हुनुपर्ने सांसद गगन थापाको भनाई /अस्पताललाई बिरामी थेग्न सक्ने बनाउनुपर्ने र हटस्पट जिल्लाहरुमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न सुझाव ।

६.(रुसको मन)
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभबिच भेटवार्ता /नेपालको पर्यटन, उर्जा र कृषिको विकासमा मिलेर काम गर्न रुस तयार रहेको राजदूतद्वारा उल्लेख ।

७.(थप पीडामा प्रवासी)
विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित /उडान स्थगित भएपछि विदेशमा अलपत्र सयौं नेपालीहरु आक्रोसित ।

८.(आशा शवको)
सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा बेपत्ता ३९ मध्ये मंगलबार दिउँसोसम्म २४ जनाको शव फेला /अझै बेपत्ता १५ जनाको खोजी जारी ।

९.(देशद्रोही)
‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएपछि सर्वत्र आलोचना/ छायाकार इसाक लिम्बु पक्राउ/ जलाउनेलाई ३ वर्ष कैद, ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था ।

१०.(होस्टलको वास्तविकता)
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ का कारण होस्टल व्यवसाय संकटमा /सरकारले सहुलियत दरमा ऋण र राहत नदिए पलायन हुदै जाने व्यवसायीहरुको भनाई ।

११.(विवादमा काउन्सिलमा)
पोखराकी दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल नेपालकी कार्यवाहक अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय /ऐनविपरीत नियमावली संशोधन गरेर नियुक्ति गरेको भन्दै काउन्सिल बोर्डद्वारा सर्वोच्चमा रिट ।

१२.(विकल्प नै ऋण)
अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि नेपाल सरकारले एडिबिबाट २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने / नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब रुपैयाँ अनुदान समेत सरकारद्धारा स्वीकार ।

१३. (यिनै हुन त दोषी ?)
२० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी संक्रमण फैलिएको डब्लुएचओको निष्कर्ष / उत्तर अमेरिका र एसियाका केही क्षेत्रमा भाईरसको जीनमा परिवर्तन ।

१४.(सन्दिपको प्रतिक्षा)
क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि सुरु /नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासितसंग बुधबार राति पौने आठ बजे खेल्ने ।

र,

१५.(विश्वको तथ्य)
कोरोना महामारीका कारण हालसम्म ७ लाख ७७ हजार बढी संक्रमितको मृत्यु /संक्रमितको संख्या २ करोड २० लाख नाघ्यो /१ करोड ४८ लाख बढी निको भए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top