टर्कीका राष्ट्रपतिकी श्रीमतीलाई भेट्दा भारतमा आमिरको आलोचना

टर्कीका राष्ट्रपतिकी श्रीमतीलाई भेट्दा भारतमा आमिरको आलोचना

२ भदौ, एजेन्सी।
बलिउड नायक आमिर खानले टर्कीका राष्ट्रपति रजप तैयप एर्दवानकी श्रीमती एमिल एर्दवानलाई भेटेपछि भारतमा सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।  राजनीतिक रूपमा दुई देशबिच सम्बन्धमा तिक्तता आएका बेला मुस्लिम बाहुल्य राष्ट्रकी प्रथम महिलासँग भेटेपछि भारतका ट्विटर प्रयोगकर्ता मात्र नभएर वीजेपीका नेताहरुले आमिरको आलोचना गरेका हुन् ।

टर्कीले जम्बू काश्मीरको धारा ३७० खारेज गर्ने निर्णयको विरोध गरेको थियो जसको कारण यी दुई देशको सम्बन्ध राम्रो छैन । राष्ट्रपति पत्नी एमिनले आमिरसँग भेटेको तस्बिर १५ अगस्टमा ट्विटर मार्फत सार्वजनिक गरेकी थिइन् ।

आमिर चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकनका लागि टर्की पुगेका थिए । सोही समयमा उनले एमिलसँग भेट गरेका हुन् । धेरैले आमिरको यो भेटलाई भारत विरोधी भनिरहेका छन् । तर, कतिपयले भने आमिरको समर्थन पनि गरेका छन् ।

टर्कीका राष्ट्रपति रजप तैयपले निरन्तर भारत विरोधी बयान दिइरहेको आरोप विजेपीका नेताहरुको छ । कश्मिरको मुद्दामा पनि उनले खुलेरै भारतको विरोध गरेका थिए ।

केही समय अगाडि आमिरले आफूलाई भारतमा बस्न डर लाग्न थालेको भन्दै टिप्पणी गरेका थिए । सो समयमा पनि उनको चर्को आलोचना भएको थियो ।

बीएचपीका प्रवक्ता विनोद बंसलले केही कलाकारहरुलाई भारत विरोधीहरुसँग प्रेम बढ्न थालेको भन्दै टिप्पणी गरेका छन् । यो बिषयमा आमिरले कुनै पनि जवाफ दिएका छैनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.