कतारमा श्रमिकलाई घाममा काम लगाउने ६७ कम्पनी कारबाहीमा

३ भदौ ७७, बुधबार

योगेन्द्र योगी
३ भदौ, दोहा ।
कतारमा दिउँसोको घाममा काम लगाउने ६७ कम्पनी कारबाहीमा परेका छन् । यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारबाहीमा परेका हुन् ।

Advertisement

मन्त्रालयले जुलाई १६ देखि अगष्ट १३ तारिखसम्म ६७ वटा कम्पनी कारबाहीमा परेका जनाएको छ । यसअघि पनि विभिन्न चरणमा मन्त्रालयले निरीक्षण गरी धेरै कम्पनीहरुलाई कारबाही गरिसकेको जनाएको छ ।

कतारको २००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११ः३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकोले बाहिर काममा लगाउन पाइँदैन् ।

Advertisement

कारवाहीमा परेका कम्पनीहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top