बोलेरोको ठक्करबाट गस्तीमा रहेका प्रहरीको घटनास्थलमै मृत्यु

३ भदौ ७७, बुधबार

३ भाद्र, पोखरा ।
गस्तीमा रहेका प्रहरीलाई बोलेरो (जिप) ले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

Advertisement

सँगै रहेका प्रहरी हवल्दार भने घाइते भएका छन् । गएराति साढे १ बजे जिरोकिमिबाट बागलुङ बसपार्कतर्फ गइरहेको प्रहरीको गस्ती टोलीलाई सोही दिशामा गइरहेको जिपले पछाडिबाट ठक्कर दिएको थियो ।  ठक्करबाट वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पा घर भएका प्रहरी जवान चन्द्रबहादुर बगालेको मृत्यु भएको छ ।

बर्दिया घर भएका हवल्दार डम्बरबहादुर थारु घाइते भएका छन् । उनको पश्चिमञ्चल अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता (डीएसपी) सुवास हमालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top