कोरोना विरुद्धको खोपको परीक्षण सफल भएमा निःशुल्क उपलब्ध गराउने अस्ट्रेलियाको प्रतिवद्धता

३ भाद्र, एजेन्सी ।
अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाभाइरसविरुद्धको खोप आफ्ना नागरिकका लागि निःशुल्क दिने जनाएको छ।

त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ। प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए।

उनका अनुसार अढाई करोड जनसङ्ख्यालाई निःशुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ। प्रधानमन्त्री मरिसनले भने, यो खोपको परीक्षण सफल भयो भने त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीका निम्ति निःशुल्क गर्नेछौँ।

Advertisement

तर सबै जनसङ्ख्यामा खोप पुर्‍याउन लाग्ने खर्चको अनुमान अझै निश्चित भइसकेको छैन। कोरोनाभाइरसबाट अस्ट्रेलियामा ज्यान गुमाउनेको सङ्ख्या करिब साढे चार सयमा अडिएको छ। यो महिनाको सुरुमा भिक्टोरिया राज्यले कोरोनाभाइरसको सङ्क्रमण फेरि देखिएपछि लकडाउनका कडा प्रतिबन्धहरू लागु गर्दै राज्यस्तरीय विपद्को घोषणा गरेको थियो।

अस्ट्रेलियामा अझैँ पनि ७,००० सक्रिय सङ्क्रमित छन्। जसले त्यहाँ खराब अवस्था आउने चिन्ता जीवित राखेको छ। अक्सफोर्ड र आस्ट्रजेनेका खोप परीक्षणमा पुगेका पाँच महत्त्वपूर्ण प्रयासमध्ये एक हो। जसलाई विश्वभरिका देशहरूले आफ्ना नागरिकको निम्ति सुरक्षित राख्न चाहिरहेका छन्।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top