अछाम बाढी अपडेट : घटनास्थल पुग्यो उद्धार टोली

३ भदौ, अछाम ।
मंगलबार राति बाढीले क्षति र्पुयाएको अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो उद्धार टोली पुगेको छ । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली परिचालन हुन लागेको छ ।

Advertisement

नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको थियो । घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

बाढीले बगाएका ६ जनाको शव फेला पारिएपनि उनीहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीमा अझै १८ जनाजति सम्पर्कविहीन छन्। बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।

Advertisement

बाढीले दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले जानकारी दिए । कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top