उपचारकाे अभावमा संक्रमित बुवाको मृत्यु भएको भन्दै उच्च अदालतमा रिट

३ भदौ, विराटनगर ।
कोरोना संक्रमणपछि अस्पतालको लापरबाहीले आफ्नो बुबाले अकालमा ज्यान गुमाउनु परेकोले घटनाको छानविन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ ।

साउन २८ गते कोरोना संक्रमणका कारण मृत्यु भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी सिताराम दाहालकी छोरी निलिमा दाहालले बुधबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् ।

सामाजिक विकास मन्त्रालय स्थित कोभिड १९ निगरानी तथा तथ्यांक संकलन तथा अनुगमन सचिवालय, प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, मन्त्रालयकै कोभिड १९ संकट व्यवस्थापन केन्द्र, विराटनगर महानगरपालिका जनस्वास्थ्य विभाग, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुरसमेतलाई विपक्षी रिट निवेदन दर्ता गरिएको छ ।

Advertisement

छोरी निलिमा दाहालको रिट निवेदन अनुसार विद्युत सुचारु गर्नुपर्ने जिम्मेवारीका कारण नियमित कार्यालयको काममा संलग्न रहने क्रममा कोरोना संक्रमण भएपछि साउन २६ गते उनलाई कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । त्यसपश्चात सामाजिक दुरी कायम गरी संक्रमित दाहाललाई भेट्न अस्पताल जाँदा स्वास्थ्यकर्मीले केही हुँदैन बुवाको अवस्था सामान्य छ भनेका थिए । त्यस्तै २८ गते दिउँसो १२ बजे भेट्न जाँदा कसैले पनि वास्ता नगरेको, स्वास्थ्यकर्मीहरुले कुनै सोधिखोजी नगरेको र उपचार अभावमा स्वास्थ्य असामान्य भएको बुवाले बताएको रिट निवेदनमा भनिएको छ । निवेदक निलिमाले रिट निवेदनमा भनिएको छ–‘२८ गतेका दि दिउँसो म निवेदकले बुवाको स्वास्थ्य अवस्था बुझ्दा आईसोलेसनमा कोही स्वास्थ्यकर्मी सोधपुछ गर्नसम्म नआउने, खाने सुत्नेको प्रवन्ध राम्रो नभएको, आफुलाई असामान्य जस्तो स्वास्थ्यकर्मीलाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको भन्नुभएकोमा एक्कासी साँझ ४ः५५ बजेको समयमा सञ्चारमाध्यमबाट बुवाको निधन भएको भनी जानकारी भएबाट विपक्षीहरुको लापरबाहीले स्वास्थ्य न्युनतम उपचारसमेत नपाई मेरो बुवाले अकालमा ज्यान गुमाउनु परेको छ ।’

उनले अहिलेसम्म लापरवाही गर्ने उपर कुनै छानविनसमेत नभएको, पिसिआर परीक्षण गर्दा दिदी र आमामा पनि संक्रमण पुष्टि भएपछि कोभिड १९ अस्पतालमा आइसोलेसन बस्न अनुरोध गर्दा घरमै बस्नु भन्ने जवाफ आएपछि असुरक्षितरुपमा घरमै बस्न वाध्य भएको समेत रिट निवेदनमा उल्लेख गरेकी छिन् ।

Advertisement

रिट निवेदनमा स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएपनि स्वास्थ्य संस्थाले न्यूनतम उपचार सेवा दिनुको साटो बिरामीलाई कैदीबन्दीको जस्तो व्यवहार गर्दा अकालमा बाबुको ज्यान गएको भनिएको छ ।
कोरोना संक्रमितको उपचारमा तीनै तहका सरकारहरु जिम्मेवार नभएको, एकले अर्कालाई समस्या पन्छाउने र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिले गर्दा आम सर्वसाधारणले साधारण रोगको समेत उपचार पाउन नसक्ने अवस्था रहेकोले विपक्षीहरुलाई जिम्मेवार बनाउन जरुरी रहेको उल्लेख गरिएको छ ।

संक्रमणको अवस्था बढिरहेको सन्दर्भमा अस्पतालहरुको क्षमता सुधार नभएको, सघन उपचार कक्षहरुको व्यवस्था नभएको, भेन्टिलेटर सञ्चालन नगरिएको आदि कारणले बिरामीले उचित उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको भन्दै अस्पताल र प्रयोगशालाको क्षमता बढाई संक्रमितको उपचार गर्न आवश्यक परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ ।

संक्रमितको उपचारका लागि कोभिड१९ अस्पतालको पूर्वाधार व्यवस्थापन गर्न, पिसिआर परीक्षणको दायरा फराकिलो बनाउन, ड्राई स्वाब संकलन गरी पिसिआर परीक्षण गरी राज्यको धनराशी जोगाउन, संक्रमण सूचित हुनासाथ दु्रत उपचार गर्न, निजी मेडिकल कलेज तथा अस्पतालहरुमा क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्न तथा संक्रामक रोग नियन्त्रण तथा रोकथामका विधिहरुको पूर्ण पालना गराउन मुलुकी देवानी कार्यविधि संहिता २०७४ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top