वीरगञ्जमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

३ भदौ, वीरगन्ज ।
वीरगन्जको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

Advertisement

उनको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ती महिला अनियन्त्रित मधुमेह र निमोनियाबाट पीडित थिइन् ।

वीरगन्जको रेशमकोठी निवासी महिला विगत ४ दिनदेखि एक निजी अस्पतालमा उपचार गराईरहेकी थिइन् । कोरोना संक्रमणको आशंकामा मंगलबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालमा ल्याएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top