कुवेतमा अलपत्र ३३ नेपालीलाई राहत, पीडितलाई भित्र पस्नै दिँदैन दूतावास

४ भदौ ७७, बिहीबार

योगेन्द्र योगी
४ भदौ, दोहा ।
काठमाडौंस्थित एसआरके नेपाल मेनपावर मार्फत १८ महिना अघि कुवेत पुगेर बिचल्ली परेका ३३ नेपालीलाई एनआरएन कुवेतले खाद्यान्न सहयोग गरेको छ । प्रतिव्यक्ति २० दिन पुग्ने गरि ३३ जनालाई चामल, दाल, तेल लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराएको गैर आवासीय नेपाली संघ कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले जानकारी दिए ।

Advertisement

लामो समयदेखि विभिन्न संस्थाहरुको सहारामा बाँचिरहेको बताउँदै पीडित नेपाली श्रमिकले एनआरएनको टोली समक्ष आफूहरुलाई चाँडोभन्दा चाँडो उद्दार गरी स्वदेश पठाइदिन आग्रह गरेका छन् ।

गैरआवसिय नेपाली संघसँग राहतको लागि सम्पर्क गरेपछि एनआरएन कुवेतका अध्यक्ष सहितको टोली राहत सामाग्री लिएर पीडितहरु कहाँ पुगेका थिए । पीडितहरुको गुनासो सुनेपछि अध्यक्ष सुजन केसीले यो समस्यालाई लिएर कुवेतस्थित नेपाली दूतावासमा गम्भीरतापुर्वक समस्याको समाधान खोज्नका लागि उनीहरुलाई ल्याउने कुवेतका एजेन्ट गौतम आमगाई, पीडित श्रमिकहरु तथा दूतावासलाई भेट गराइ छलफल गराउने बताएका छन् ।

Advertisement

पटक पटक दूतावास पुग्दा पनि आफूहरुलाई भित्र पस्नै नदिने गरेको र आफ्नो कुरा समेत राख्न नदिएर दूतावासले सौतेनी आमाको जस्तो व्यवहार गरेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार दूतावासका केही कर्मचारीहरु कोठामै आएर आफूहरुको समस्या देखेर पनि नदेखेझैँ गरेर दूतावास रमिते मात्र बनेको आरोप लगाएका छन् ।

म्यानपावरलाई १ लाख ५० हजार भन्दा बढी तिरेर कुवेत पुगेका उनीहरु कम्पनीले सम्झौता भए जति तलब कहिल्यै नदिएको र झन पछिल्लो समयमा फेब्रुअरीदेखि कम्पनीले तलब नै नदिएर उनीहरुलाई अलपत्र पारेको छ ।  उनीहरुले आफुले काम गरेको कम्पनीबाट काम गरेबापतको तलब मिलाइदिन दूतावासलाई धेरैपटक गुहारेको तर दूतावासले उनीहरुको कुरा नसुनी उल्टै कामदारलाई दोष लगाउँदै झपारेको पिडितहरुले बताएका छन।  म्यानपावरमा सम्पर्क गर्दा सहयोग गर्ने प्रतिबढ्ता जनाए पनि अहिलेसम्म केही नगरेको उनीहरु बताउँछन् ।

Advertisement

यता, कुवेतमा रहेको नेपाली दूतावासमा यस बारे पटक पटक बुझ्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।कुवेतका एजेन्ट गौतम अमगाईलाई सम्पर्क गर्दा कोरोनाका कारण अहिले केही गर्न नसकिने भन्दै पन्छिन खोजे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top