लिदीका पहिरो पीडितलाई तामाङ समाज कतारद्वारा १ लाख सहयोग

३ भदौ ७७, बिहीबार

योगेन्द्र योगी
४ भदौ, दोहा ।
प्रवासी तामाङ समाज कतारले सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई १ लाख पाँच हजार आर्थिक सहयोग गरेको छ । समाजले जिल्लाका जुगल गाउँपालिका– २ लिदीका पहिरो पीडितका लागि मंगलबार सहयोग गरेको थियो । उक्त सहयोग पीडितसम्म र्पुयाउन तामाङ समाज नेपालले समन्वय गरेको तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङले जानकारी दिए ।

बौद्धस्थित छिमेकी क्याफेमा एक कार्यक्रमका बीच सगु प्रोडक्सनका प्रोभाइटर गणेश अधिकारी, अन्तर्राष्ट्रिय तामाङ परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामा तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव रोबिन तामाङको उपस्थितिमा  जुगल गाउँपालिकाकी उपप्रमुख सृजना तामाङलाई  रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष दोङले बताए ।

Advertisement

कार्यक्रममा सगु प्रोडक्सनले समेत पाँच हजार सहयोग गरेको र जम्मा १ लाख पाँच हजार हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

उक्त सहयोग तत्कालको लागि पिडितहरुको अति आवश्यक कामहरुको प्रयोजनका लागि प्रदान गरिएको जनाएको छ ।राहत संकलन कार्य भईरहेको जनाउँदै समाजले अझै केही दिनको लागि बिश्वब्यापी रुपमा निरन्तरता दिइने र उक्त अभियानबाट उठ्ने रकम तामाङ समाजकै समन्वयमा एकमुष्ट हस्तान्तरण गर्ने समाजका सह–कोषाध्यक्ष तथा सिन्धुपाल्चोक जुगल लिदि सहयोग संकलनका संयोजक सुवास तामाङले बताए ।

Advertisement

जुगल गाउँपालिका–२ लिदीमा गत साउन ३० गते गएको पहिरोमा परी बेपत्ता भएकामध्ये २३ जनाको शव भेटिसकेको छ भने ३९ जना बेपत्ता छन् । शव फेला परिएकोमध्ये १३ जना पुरूष र १० जना महिला रहेका छन्। पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरू जुटेका छन् भने हराएकाहरूको आज पाँचौ दिनसम्म खोजी कार्य जारी रहेको जनाईएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top