झगडा छुट्याउन गएका प्रहरीमाथि हातपात, एक जना पक्राउ

४ भदौ ७७, बिहीबार

४ भदौ, रुकुम (पश्चिम) ।
प्रहरीलाई हातपात गरेको अभियोगमा चौरजहारी नगरपालिका–३ टाटागाँउ बस्ने २१ वर्षीय टिकाराम ओलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

चौरजहारी –८ बस्ने एक महिलालाई स्थानीय केटाहरुले हातपात गरेको भन्ने जानकरी प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिने क्रममा ओलीले प्रहरीलाई कोदालोले प्रहार गरेपश्चात कोदालो सहित उनलाई पक्राउ गरिएको हो ।

कोदालो प्रहारबाट घाइते भएका एक जना प्रहरी हवल्दारको स्थानीय मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।

Advertisement

घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top