आज गणेश चतुर्थी मनाइँदै

६ भदौ ७७, शनिबार

६ भाद्र, विराटनगर ।
हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको पूजा गरी मनाउने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।

Advertisement

सत्ययुगमा भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । आज काठमाण्डौका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यो वर्ष काठमाण्डौमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा गर्न सक्ने अवस्था छैन ।

यस्तै आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डाक्टर रामचन्द्र गौतमले बताए। भाद्रशुक्ल तृतीयाका दिन सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा छ ।

Advertisement

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्न कालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले बताए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top