कोरोनाबाट ८ लाखबढिको ज्यान गयो, २ करोड ३१ लाखबढि संक्रमित

६ भाद्र, वीरगन्ज ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।

Advertisement

वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट आठ लाख तीन हजार दुई सय २३ जनाले ज्यान गुमाइसकेका छन्।  पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय २४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा दुई लाख ४७ हजार ६ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३१ लाख २१ हजार ३६६ पुगेको छ। अमेरिकामा मात्रै संक्रमितको संख्या अण्डै ५८ लाख पुगेको छ। पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ।

Advertisement

यस अवधिमा भारतमा ६९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने अमेरिकामा ११ सय ६७ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ब्राजिलमा एक हजार ३१, भारतमा नौ सय ५३, मेक्सिकोमा ६ सय २५, कोलम्बियामा तीन सय ८५, दक्षिण अफ्रिकामा दुई सय २५, अर्जेन्टिनामा दुई सय १३, इरानमा एक सय १२ जनाले ज्यान गुमाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top