नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

६ भदौ, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मानिसहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीय बालिका र ६७ वर्षका पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ । बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको उहाँले बताए । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ पुगेको छ । हालसम्म पुष्टि भएको संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा काटमाडौं उपत्यकामा २ सय १६ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ६० जना, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ९२ हजार ४ सय १८ पीसीआर परीक्षण भएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ७ सय ५ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार १ सय ३५ जना, प्रदेश २ मा १ हजार ६ सय ६७ जना, बागमती प्रदेशमा ३ हजार ४ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ४६ जना, प्रदेश ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना र सूदुरपस्चिम प्रदेशमा ९ सय २३ जना रहेका छन् ।

त्यस्तै होम क्वारेन्टाइनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय १६ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ६६ जना, प्रदेश २ मा ३ हजार १ सय ८२, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा १८ जना र सूदुपस्चिम प्रदेशमा २६ जना रहेका छन् ।  आज देशभर ११ हजार ६ सय ५८ व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ रहेको छ भने आज सम्म संक्रमण निको भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top