दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी

६ भदाै, सोल ।
दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरूमा देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।

Advertisement

सरकारले भेला हुन, रात्रीकालीन गतिविधिहरू गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरूमा रोक लगाइएको छ । स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरूमा देशभरि नै रोक लगाइएको जानकारी दिएका हुन्।

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिकाभित्रनै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

Advertisement

सङ्क्रमण राजधानीबाहेक देशका अन्य ठूला सहरहरूमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरू लगाइएको हो ।रासस / एपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top