६ भदौ, इटहरी ।
सुनसरीको कोशी गाउँपालिकाका २ का वडाध्यक्ष हिरालाल यादवको हर्टअट्याकबाट मृत्यु भएको छ । घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
ढिलोगरी अस्पताल लगिएकोले उनको मृत्यु भएको बताइएको छ। कोरोना भाइरसका कारण अस्पतालहरुमा भेन्टिलेटर अभाव भएकोले समयमै उपचार नपाउँदा यादवको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
विराटनगर र धरानका अस्पतालमा भेन्टिलेटर नभएको जानकारीपछि उनलाई बिएण्डसी अस्पताल लगिएको थियो । वडाध्यक्षप्रति गाउँपालिकाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।