मुलुकभर रगतको चरम अभाव

काठमाडौं : बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो ।

Advertisement

देशभर ७३ वटा ब्लड बैंक रहेका छन् । यद्यपि अधिकांश ब्लड बैंकमा रगत संकलन हुन नसक्दा अभाव बढेको हो । रक्तदान कार्य ठप्प हुँदा अहिले केन्द्रीय रक्त सञ्चार र जिल्ला जिल्लामा रगत आवश्यक पर्ने बिरामीहरू निकै मारमा परेका छन् । ब्लड बैंक, अस्पताल र केन्द्रीय रक्त सञ्चार सेवामा रगतको अभाव खड्किएपछि सामाजिक सञ्जालमा रगत आवश्यकता भन्दै माग गर्न थालिएको छ ।

कोभिड–१९ संक्रमण हुनुअघि केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक १ सय ५० पिन्ट रगत संकलन हुने गरेकामा हाल शून्य प्रायः छ । देशभर रक्तदानका लागि क्याम्पहरू समेत सञ्चालनमा आउन सकेका छैनन् । लकडाउनअघि केन्द्र मातहत मात्रै दैनिक चारदेखि सात वटासम्म क्याम्प हुने गरेको थियो ।

Advertisement

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले अत्यन्तै न्यून संख्यामा रगत मौज्दात रहेको पाइएको छ । दुर्घटनामा पर्ने, रक्तस्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीका आफन्तहरू केन्द्रीय रक्तसञ्चार केन्द्रमा आए पनि रगत पाउन नसकेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रीय रक्तसञ्चार सेवामा गत बिहीबार ३२ जना रक्तदाताले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत संकलन भएको थियो । तर, थप ६१ जना रगत नै नपाई फर्किनुपरेको थियो । यस्तै, शुक्रबार २६ जना रगत नपाएर फर्किएका थिए । केही दिनयता धरान, विराटनगर, चितवन लगायतमा रगतको अभाव खड्किएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top