धौवादीमा फलाम उत्पादन हुने

काठमाडौँ : नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

Advertisement

चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

विभागले फलामको औद्योगिक उत्पादनबारे परीक्षण गर्न गत वर्ष नै एक हजार तीन सय किलो फलामको धाउ (कच्चा पदार्थ) चीन पठाएको थियो ।

Advertisement

उनले चीनको सेन्टरले फलाम उत्पादनबारे गरिएको सफल परीक्षणको भिडियो र तस्बिरका साथै प्रारम्भिक प्रतिवेदन पठाएको छ जसले फलामको उत्पादन गर्न सकिने प्रमाणित गर्दछ । सो क्षेत्रबाट प्राप्त भएको धाउमा फलामको मात्रा के–कति छ भन्ने यकिन गर्न अहिले थप रासायनिक परीक्षण भइरहेको छ भने । अबको दुई हप्ताभित्र सबै परीक्षणबारे अन्तिम प्रतिवेदन आइपुग्ने उनले बताए ।, यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top