दक्षिण कोरियामा संक्रमित बढ्दै गएपछि देशव्यापी प्रतिबन्ध सुरु

७ भदौ, एजेन्सी । कोरोना सङ्क्रमित बढ्दै गएपछि दक्षिण कोरियाले देशव्यापी प्रतिबन्ध सुरु गरेको छ । केही दिनअघि राजधानी सियोलमा मात्रै प्रतिबन्ध लगाएको दक्षिण कोरियाले आइतबारदेखि देशव्यापी प्रतिबन्ध सुरु गरेको बीबीसीले जनाएको छ ।

Advertisement

कोरियामा आइतबारदेखि धार्मिक स्थल, रात्रि क्लब र डान्स बार, इन्टरनेट क्याफे र समुद्री तट बन्द भएका छन् । कोरियामा आइतबार मात्रै मार्चयता अहिलेसम्मकै धेरै तीन सय ९७ जना सङ्क्रमित भेटिएका छन् ।

कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट काम गरेको भनेर प्रशंसा पाएको कोरियाले लकडाउन र प्रतिबन्ध खुलाएपछि फेरि सङ्क्रमित बढिरहेका छन् ।

Advertisement

दक्षिण कोरियामा अहिलेसम्म १७ हजार तीन सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार आठ सय ९० जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिले विश्वभर दुई करोड ३३ लाख ९८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख नौ हजार जनाको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top