×

NEPAL TIMES UPDATES

Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026
Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026
Playing
चट्याङले बाबुछोराको मृ*त्यु, ४ जना घाइते|| Nepal Times
Apr 27, 2026
Playing
इरानी विदेशमन्त्रीले पुटिनलाई भेट्दै, हजारौं अमेरिकी बम बरामद|| Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासीका १२ सय ७२ वटा घर भत्काइए,५ सय ७८ परिवार सम्पर्कमा|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारको एक महिना : विवाद कम प्रशंसा बढी || Nepal Times
Apr 27, 2026
Playing
बालेनको १०० कार्यसूचीः ९८ काम सुरू, ८ वटा पूरै सकिए || Nepal Times
Apr 26, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-13-2083 || Nepal Times
Apr 26, 2026
Playing
दलको नेता छान्न कांग्रेसमा सकस ः गगन–विश्व बीच शक्तिसंघर्ष|| Nepal Times
Apr 26, 2026

होटलमा बस्ने र घर पुग्ने खर्च नभए नेपाली स्वदेश आउन नपाउने

७ भाद्र २०७७

७ भदौ, काठमाडौँ ।
विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षण सहित सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । सरकारले दैनिक पाँचसय जना सम्मलाई नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले पनि तयारी थालेका छन् ।

विदेशबाट आउने कुनैपनि व्यक्तिले पीसीआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन् । यस्तै नेपालमा आएपछि अनिवार्य सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने लिखित प्रतिवदता समेत टिकट खरिद गर्दाको अवस्थामै जनाउनु पर्नेछ । त्यसपछि मात्रै स्वदेश फर्किनका लागि अनुमति पाउनेछन् । यसअघि उद्दार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न दररेटमा बार्गेनिङ गरेकाले अबदेखि विदेशमा नै होटल र होम क्वारेन्टाइनमा बस्ने सम्मको लिखित प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । जहाजको टिकट खर्च विदेशमा नै तिर्नुपर्ने र सात दिन सम्म होटलमा बसेको खर्च, घर सम्म पुग्दा लाग्ने खर्च र होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा लिखित प्रतिवद्धता जनाउन नसक्नेहरु नेपाल आउन नपाउने दाहालले स्पष्ट पारे ।

Advertisement
Advertisement

अहिले काठमाडौं उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको प्रयाप्त व्यवस्था छैन । त्यसैले सरकारले गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन निर्माण व्यवस्थापन समिति निर्माण गरेको छ । त्यसमा पालिका, स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् । समितिले होटल क्वारेनटाइनहरुको स्थल पहिचान गर्ने, अनुगमन गर्ने, खर्चको व्यवस्थापनका लागि सिफारिस गर्ने लगायतका काम गर्ने प्र.जि.अ. दाहालले बताए । काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले काठमाडौं उपत्यकामा रहेका होटलहरुलाई क्वारेन्टाइन प्रयोजनार्थ प्रयोग गर्नका लागि होटलहरुको सूची र दररेट सार्वजनिक गरिसकेको छ । तरपनि उद्धार गरी ल्याइएका कतिपय नेपाली नागरिकहरुका लागि राख्ने क्वारेन्टाइन सेन्टरमा हुने खर्चको व्यवस्थापन वैदेशिक रोजगार कोष र कोरोना उपचार तथा रोकथाम कोषबाट हुने प्र.जि.अ. दाहालले बताए । क्वारेन्टाइनहरुको सुरक्षा नेपाली सेनाले गर्ने छ भने व्यवस्थापनको काम स्थानीय सरकारले गर्नेछ ।

सरकारले विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने नागरिकलाई अनिवार्य होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेपछि होटल व्यवसायीहरुले तयारी सुरु गरेका छन् । होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिको होटलमा पुग्नासाथ सम्पूर्ण विवरण राख्ने, ज्वरो नाप्ने, ह्याण्ड सेनिटाइज गर्ने, लगेज सेनिटाइज गर्ने, फारम भराउने र कोठामा जाने व्यवस्था मापदण्ड अनुसार गर्ने होटलहरुले बताएका छन् । एयरपोर्ट होटलका व्यवस्थापक रामकुमार बन्जराले नेपाल पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार नै व्यवस्थापन गर्न लागिएको बताए । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र गेष्टलाई समेत पालना गर्न लगाउने उनले बताए । त्यस्तै कुनै व्यक्तिले होटल छाडेपछि ४८ घण्टासम्म कोठा बन्द नै रहने छ । त्यसपछि घण्टापछि उक्त कोठालाई पूर्णरुपमा निसंक्रमण गरेपछि मात्रै अर्को गेष्टलाई प्रवेश गराइने बन्जाराले बताए । होटलमा रहदा कसैले पनि रुम सर्भिस भने पाउने छैनन् । खाजा र खाना होटलकै रेस्टुरेन्टबाट लिनुपर्ने व्यवस्था होटलहरुले गरेका छन् । रेस्टुरेन्टमा पनि भौतिक दुरीलाई कायम गरिएको बन्जाराले बताए । उनले नेपाल पर्यटन बोर्डको मापदण्ड अनुसार नै सबै व्यवस्थापन गरिने स्पष्ट  पारे ।

Advertisement

सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्त सहित नियमित उडान गर्ने निर्णय गरेको छ । दैनिक ५ सय भन्दा बढी यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो । यो प्रयोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउने जिम्मेवारी पाएको छ । टिकट खरिदका लागि कुनैपनि यात्रुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । त्यसरी आउने यात्रुले सातदिन सम्म आफ्नै खर्चमा काठमाडौंमा रहेका होटल क्वारेन्टाइनमा बस्नुपर्ने लिखित प्रतिवद्धता पनि टिकट खरिद गर्दाको अवस्थामा नै जनाउनु पर्नेछ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top