७ भदौ, बुटवल ।
रुपन्देहीको बुटवलमा कोरोना भाइरस संक्रमणका कारण आईतबार थप दुई जनाको मृत्यु भएको छ ।
प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका अनुसार बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
साउन ३१ गते कोरोना संक्रमण पुष्टि भई कोरोना विशेष अस्पतालमा उपचारका लागि ल्याइएकी बुटवलकी महिला दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित थिइन् ।
त्यस्तै समरीमाइका पुरुष कोरोना संक्रमण पुष्टि र स्वासप्रश्वासमा समस्या भएपछि भदौ १ गत कोरोना विशेष अस्पतालमा ल्याइएका थिए ।