न्यायपालिकाको भ्रष्टाचार छानविन अध्ययन समिति के गर्दैछ ?

७ भदौ ७७, सोमबार

७ भदौ, काठमाडौँ ।
न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता छानबिन गर्न गठन भएको समितिले पूर्व अध्ययन प्रतिवेदनहरुको समेत अध्ययन गर्ने भएको छ । प्रधानन्यायधीस चोेलेन्द्रशमशेर राणाले न्यायपालिका सुधार अभियान अन्तरगत समिति गठन गरेका छन् । सर्वोच्च अदालतका न्यायधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमिततासँगै पूर्व अध्ययन प्रतिवेदनहरुको समेत अध्ययन गरी प्रतिवेदन पेश गर्ने भएको हो ।

सर्वोच्चले न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता र विचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायका सम्बन्धमा अध्ययन गरी प्रतिवदेन पेश गर्न समिति गठन भएको थियो । समितिले पूर्व अध्ययन प्रतिवेदन सुझावहरुको अध्ययन गरी पालिकामा हुन सक्ने विकृति, विसंगति, नियमितता, भ्रष्टाचार र विचौलियाबाट हुन सक्ने क्रियाकलापहरु रोक्न कानूनी, संरचनागत र उपयुक्त उपायसहितको प्रतिवेदन पेश गर्ने सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले बताए । समितिले अध्ययन प्रतिवेदनका सुझावहरु कार्यान्वयनका लागि जिम्मेवारीसहितको कार्ययोजना प्रस्ताव गर्ने उनले बताए ।

Advertisement

यसअघि पनि सर्वोच्चले २०६६ र २०७२ सालमा समिति गठन गरेको थियो । ती समितिहरुले दिएका सुझावहरु अहिले कार्यान्वयनको चरणमा रहेको उनले बताए । विगतमा आन्तरिक रुपमा गठन भएका समितिहरु भन्दा अहिले गठन भएको समितिमा सबैको प्रतिनिधित्व रहेको उनले बताए । समितिले विगतका अध्ययन प्रतिवेदनहरुलाई समयाअनुकुल पुनरावलोकन गर्दै कार्यान्वयनका लागि सिफारिस गर्ने उनले बताए ।

समितिमा सर्वाेच्चका न्यायाधीश प्रकाशमान सिंह राउत, न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्का र सर्वोच्चका रजिस्ट्रार सदस्य रहेका छन । यस्तै महान्यायधिवक्ताले तोकेको नायव महान्यायाधिवक्रा, नेपाल बार एशोसिएशनका महासचिव, सर्वोच्च अदालत बार एशोसिएशनका सचिव सदस्य र सर्वोच्च अदालत प्रशासन महाशाखाका प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ । समितिको कार्यावधि ३ महिना तोकिएको छ । सो समयमा काम सम्पन्न हुन सक्ने अवस्था नभएमा समय थप गर्न सकिने व्यवस्था पनि गरिएको छ । सर्वोच्चले चैत ७ गतेदेखि असार मसान्तसम्म २५ सय मुद्दा फछ्र्यौट गरेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top