×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

थारु समुदायले मनाए अटवारी पर्व, यस्तो छ महत्व

७ भाद्र २०७७

७ भदौ, काठमाडौँ ।
पश्चिम नेपालको कैलाली,कञ्चनपुर,बाँके, बर्दिया, दाङ र सुर्खेतका थारु समुदायले आज आइतबार अटवारी पर्व मनाएका छन् । यो पर्व हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन मनाइन्छ । अटवारी मूलतः थारु समुदायका पुरुषले मनाउने भए पनि महिला पनि अटवारी व्रत बस्ने गर्दछन् ।

थारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा रहेको अटवारी पर्व आइतबार मनाइएको छ । माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्वका रुपमा थारु समुदायले यो पर्व मनाउने गर्छन् । अटवारीको अघिल्लो दिन मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ । दोस्रो दिन व्रत बस्ने र साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरी चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने चलन रहेको थारु समुदायका स्थानीय बताउँछन् ।

Advertisement
Advertisement

अटवारी पूजामा रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । ५ अथवा ७ प्रकारका गेडागुडीयुक्त तरकारी र भातको पकाउने गर्दछन् । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन छ । अटवारी पर्व परापूर्वकाल देखि चल्दै आएको थारु समुदायको माघी पछिको ठुलो चाड रहेको स्थानीयहरूको भनाई छ ।

Advertisement

अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबिच माया प्रेम साट्ने पर्वका रूपमा मनाइने गरिन्छ । त्यस्तै अटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top