विराटनगरमा कोरोना संक्रमणबाट ६५ वर्षीय पुरुषको मृत्यु

८ भदौ, विराटनगर ।
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईतबार राती थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो । विराटनगर महानगरपालिकाले स्थापना गरेको वडा नं. १९ को बैजनाथपुरस्थित आइसोलेसनमा बसेका उनलाई स्वास्थ्यमा समस्या आएपछि कोशीको कोभिड उपचार केन्द्र लगिएकोमा अस्पताल र्पुयाएको केहीबेरमा नै मृत्यु भएको कोभिड १९ अस्पतालका व्यवस्थापन संयोजक ज्ञानबहादु बस्नेतले जानकारी दिए ।

मृतकको शव मोरङको थलाहा स्थित नेपाली सेनाको सुर्य दल गण शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने बताइएको छ । मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ ।

यो सँगै विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । विराटनगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ ।१ सय ६७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top