हेटौंडामा थप एक साता निषेधाज्ञा जारी

८ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप एक साता अर्थात भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

सोमबार हेटौंडामा भएको कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। साउन २६ गतेबाट सुरू भएको निषेधज्ञा भदौ ९ मंगलबार सकिँदै थियो।

सोमबारको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरिएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top