बिषालु च्याउ खाँदा डोल्पाका ४ जना गम्भीर बिरामी, हेलिकप्टरमार्फत उद्दार

८ भदौ ७७, सोमबार

८ भदौ, नेपालगञ्ज । डोल्पाको ठूलीभेरी नगरपालिकाका ४ जना बिषालु च्याउ खाँदा बिरामी भएका थिए । उनीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरी नेपालगञ्ज ल्याइएको छ।

Advertisement

सोमबार सिम्रिक एअरको हेलिकप्टरमार्फत नगरपालिकाको पहलमा बिरामी भएकालाई नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

ठूलीभेरी–७ का ३३ वर्षीय उत्तम शाही, सोही उमेरका वडा नम्बर ८ का कमलबहादुर शाही, ४४ वर्षीय सत्यबहादुर शाही र ३१ वर्षीय सूर्यबहादुर शाहीलाई हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो।

Advertisement

नगरपालिकाको पहलमा उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको ठूलीभेरी नगरपालिकाका उपमेयर योगेन्द्रबहादुर शाहीले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top