पिएसजी पराजित भएपछि आगजनी गर्ने दर्जनौं समर्थक पक्राउ

८ भदौ ७७, सोमबार
Share this
736shares

८ भदौ, एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएपछि आगजनी गर्ने दर्जनौ समर्थक प्रकाउ परेका छन् ।

Advertisement

आइतबार राति पोर्चुगलको लिम्बनमा जर्मन क्लब वायर्न म्युनिखविरुद्धको फाइनलमा १(० ले पराजित लगत्तै पेरिसको पार्स डेस प्रिन्सेसमा जम्मा भएका पिएसजीका समर्थकले कारमा आगजनी र तोडफोडमा उत्रिएका थिए। खेल हेर्न ५ हजार बढी समर्थक जम्मा भएको बताइएको छ।

Advertisement

पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजीविरुद्ध वायर्नका किङ्गस्ले कोम्यानले गोल गरेका थिए। पिएसजीको पूर्व खेलाडी कोम्यानले खेलको ५९ मिनेटमा गोल गरेका थिए।

खेलमा पिएसजीका नेइमार, केलियन एमबाप्पे र मार्किन्होसको प्रहारलाई वायर्नका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए।

Advertisement

आफ्नो टिम फाइनलमा पराजित भएपछि समर्थकहरुले पसलमा पनि तोडफोड गरेको बताइएको छ। आगजनी तथा तोडफोडमा उत्रिएपछि प्रहरीसँग समर्थकको झडप भएको र प्रहरीले १ सय ४८ जना पक्राउ परेका छ।

पेरिसका मेयर एनी हिडाल्गोका अनुसार यसअघि सेमिफाइनलको खेल पनि समर्थक जम्मा भएर हेरेका थिए । त्यसैले फाइनल हेर्न पनि अनुमति दिइएको थियो ।

फाइनल हेर्नका लागि सामाजिक दूरीको नियम भनिएको थियो । त्यसक्रममा केहि समर्थकले नियम तोडेपछि खेलकै क्रममा पनि झडप भएको थियो । केहीले आगजनी गर्न थालेपछि प्रहरीले टियर ग्यास हानेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top