८ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ जना महिला र ५ जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो । मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा सबैभन्दा बढी ४ जनाको कोरोनाबाट मृत्यु भएको बताए ।
उनका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षिय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सुनसरीमा ६८ वर्षिय पुरुष, मोरङमा ६५ पुरुष, पर्सामा ७० वर्षिया महिला र काठमाडौंका ४८ वर्षिया महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
आज ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ उपत्यकामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।
आज सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ । प्रदेश नम्बर १ मा १ हजार २ सय २९, प्रदेश नम्बर २ मा १ हजार ७ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ७३ र गण्डकी प्रदेशमा ३ सय ५८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ८४, कर्णाली प्रदेशमा ३ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५७ गरी देशभरीका संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जना रहेका छन् ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६३, प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा ४ सय ३५ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ९८, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा २६ गरी देशभरी ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् ।
आज १ सय ७५ जना डिस्चार्ज भएका छन । आजसम्म १८ हजार ८ सय जना डिस्चार्ज भएका छन । क्वारेन्टिनमा ११ हजार २ सय ७५ जना रहेका छन ।