काेराेना उपचारका लागि गरिएको अस्पतालहरुको वर्गीकरण खारेज

८ भदौ, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनालाई खारेज गर्ने निर्णय गरेको छ । आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार हालसम्म कार्यान्वयनमा रहेको कोभिड अस्पतालको लेभल एक, दुई र तीनलाई खारेज गरी सबै अस्पताललाई कोभिड–१९ को बिरामी उपचारमा सूचिकृत अस्पताल हुने भएको मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै ती अस्पतालहरुले अब कोभिडका बिरामीहरुको चिकित्सकीय अवस्था तथा सेवाको उपलब्धताका आधारमा उपचार वा रेफर गर्न पाउने उनले बताए ।

अब ११५ वटा अस्पताले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने छन् भने ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । मन्त्रालयले यसअघि गरेको व्यवस्था अनुसार देशभर लेभल ३ अस्पताल २३ वटा, लेभल २ अस्पताल १८ वटा र लेभल १ अस्पताल ७ वटा थियो । यस्तै आइतबारै मन्त्रालयले सानेपास्थित मेघा अस्पताललाई पनि कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो ।

Advertisement

डा. अधिकारीका अनुसार यो व्यवस्था अनुरुप अब कोभिड उपचार गर्ने अस्पतालले अन्य बिरामी उपचारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने छ । कोभिड र नन् कोभिडलाई एकै स्थानमा उपचार गर्न पाउने छैनन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top