×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सकियो चालक अनुमतिपत्र छपाइ, वितरण भने अनिश्चित

८ भाद्र २०७७

८ भदाै, काठमाडौँ ।

गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन ।

Advertisement
Advertisement

विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकाएको हो । सामान्यावस्थामा तीन सिफ्टमा अनुमतिपत्र छपाइ गरिँदै आएकामा बन्दाबन्दी अवधिमा चार सिफ्टमा छपाइ गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार नियमित रुपमा जसरी छपाइ गरिएको भए अझैसम्म छापिसकिने थिएन । विभागले गत आवको अन्तिमसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने लक्ष्य लिएको थियो । उनले भने, “हामीले कामको गति बढाएकाले अहिले सकिएको हो ।”

विभागले बन्दाबन्दीकै अवधिमा झण्डै पाँच लाख अनुमतिपत्र छपाइ गरेको थियो । साउन महिनाभरमा झण्डै एक लाख अनुमतिपत्र छापिएको थियो । बन्दाबन्दी सकिएपछि असार र साउन अवधिमा नवीकरण भएका अनुमतिपत्रसमेत अहिले छपाइको काम भइरहेको छ । अब छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या अति कम मात्रै रहेको यातायात व्यवस्था विभागले जनाएको छ । अहिलेसम्म साउन दोस्रो सातासम्म आएका अनुमतिपत्रको छपाइ सकिएको विभागले जनाएको थियो ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दी चैतदेखि जेठसम्म हुँदा यातायात व्यवस्था कार्यालयले पनि सेवा दिएका थिएनन् । सरकारले असारदेखि बन्दाबन्दी खुकुलो गरेसँगै कार्यालयले अनुमतिपत्र नवीकरण थालेका थिए । वाग्मती प्रदेश सरकारअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका चार वटै कार्यालयले असार र साउनमा नयाँ अनुमतिपत्र खुलाएका थिएनन् । कार्यालयले असारमा विभागबाट छापिएर आएका अनुमतिपत्र वितरण गरेका थिए । सेवाग्राहीको भीडभाड धेरै भएपछि सो सेवा साउनमा रोक्नुपरेको एकान्तकुनास्थित कार्यालयमा प्रमुख डम्बरबहादुर कार्कीले बताए । उनले भने, ”सेवाग्राहीले राजस्व तिरेको कागजबाट पनि सवारीसाधन चलाउन सक्नुहुन्छ भनेर वितरण रोकिएको थियो ।”

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राख्दा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको थियो । सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि नियमितरुपमा अनुमतिपत्र छापिएको थियो ।

केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान थिए । झण्डै पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र विस्थापन गरी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालिएको थियो । विभागमा रहेका उपकरणको क्षमताभन्दा कैयौँ गुणा बढी अनुमतिपत्र छाप्नुपर्ने हुँदा सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् ।

यही समस्याको समाधानका लागि गत वर्ष असोजमा ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) ल्याइएको थियो । अहिले सोही उपकरणबाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै संख्यामा छाप्ने तर सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले प्रयोग नगरिएको विभागले जनाएको छ । विभागले मास्क, पञ्जालगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको थियो ।

संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालय सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने तथा पुरानाको नवीकरण र अनुमतिपत्र वितरण भने यातायात व्यवस्था कार्यालयले नै गर्दै आएका छन् ।

सरकारले उपकरण खरीद गर्दासम्म विभागले आठ लाख अनुमतिपत्र छाप्नुपर्ने थियो । उपकरण दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ ।

Advertisement

मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कैयौँ गुणा बढी भएकाले आवको अन्त्यसम्म सकाउने विभागको लक्ष्य थियो । सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि यो उपकरणको क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top