८ भदौ, विराटनगर ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार थालिएको थियो । मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । उनमा मुटुसम्बन्धी समस्या पनि थियो ।
यो सँगै प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।यसअघि सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।