भारतको महाराष्ट्रमा ५ तल्ले भवन ढल्दा ९० जना पुरिए

९ भदौ ७७, मंगलबार
Share this
786shares

९ भदौ, एजेन्सी ।
भारतको महाराष्ट्रमा ५ तले भवन ढल्दा कम्तीमा ९० जना हताहत भएको आशंका गरिएको छ । दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा रायगढ जिल्लाको महाडस्थित भवन ढलेको हो । सोमबार साँझ ७ बजे भवन ढलेको स्थानीय प्रहरीले जनाएको छ ।

Advertisement

बीबीसी हिन्दीका अनुसार अहिलेसम्म एक जनाको शव भेटिएको छ । ८ जनाको उद्धार गरिएको छ भने ७ घाइतेलाई अस्पताल भर्ना गरिएको छ । उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खटिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

हापुस ताल नजिकै रहेको उक्त भवन दशक पुरानो हो । भवनामा ४५ देखि ४७ वटासम्म फ्ल्याट थिए । भवन ढल्न लागेपछि केही मानिस बाहिर आउन सफल भए पनि धेरै मानिस भित्रै थिए ।

Advertisement

भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top