एउटै व्यक्तिमा दोस्रोपटक कोरोना संक्रमण, वैज्ञानिकले भने- ‘दुर्लभ घटना’

९ भदाै, काठमाडौँ।

हङकङमा कोरोना भाइरस संक्रमण भएर स्वस्थ भएका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ। एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि संक्रमण देखिएको त्यहाँका वैज्ञानिकले बताएका छन् । वैज्ञानिकका अनुसार ती ३० वर्षका व्यक्तिमा कोरोना संक्रमण दोहोरिएको पाउनु विश्वकै पहिलो घटना हो।

ती संक्रमित १४ दिन अस्पतालमा रहेर कोरोनामुक्त भएका थिए । दोस्रो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन। तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक जना बिरामीकै आधारमा यसै हुन्छ भनेर निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ।

Advertisement

यस्तै विशेषज्ञले पनि दोहोरिएर संक्रमण देखिनु निकै दुर्लभ कुरा भए पनि यो अत्यन्त गम्भीर हो भन्न नमिल्ने बताएका छन् । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनले यो एकदमै दुर्लभ घटना भएको बताएका छन् । साथै उनले, ‘यसैकारण कोरोनाविरुद्ध खोप अति आवश्यक छ। यो भाइरसले समयअनुसार आफ्नो स्वरूप परिवर्तन गर्ने आशंका छ।’

तर पहिलोपटक संक्रमण दोहोरिएको एउटा घटना पाइएपछि वैज्ञानिक आश्चर्यमा परेका छन् । वैज्ञानिकका अनुसार संक्रमणबाट मुक्त व्यक्तिको प्रतिरक्षा प्रणाली सबैभन्दा बलियो गरी विकास भएको पाइएको छ, जो कोरोनाबाट गम्भीर बिरामी परेका थिए। (बिबिसी)

Advertisement
Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top