नारायणी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

८ भदौ ७७, मंगलबार

९ भाद्र, वीरगन्ज ।
नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडि मृत्यु भएका पर्साका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ती वृद्धको उपचारको क्रममा आइतबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कुनै ट्राभल हिस्ट्री नरहेको ती पुरुष मुटु रोगी थिए । पछिल्लो समयमा उनमा निमोनिया र खोकी देखिएको थियो । स्वास्थ्य बिग्रिएपछि आइतबार राति करिब साढे ९ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top