भारतमा अदालतको अवहेलना आरोपमा दोषी ठहर भएका अधिवक्तालाई आज सजाय सुनाइँदै

९ भाद्र, एजेन्सी ।
अदालतको अवहेलना आरोपमा दोषी ठहर गरिएका भारतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणलाई मंगलवार सर्वोच्च अदालतले सजाय सुनाउने स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

Advertisement

भूषणले आफ्नो ट्वीटमा पछिल्लो ६ वर्षमा भारतमा प्रजातन्त्र धवस्त बनाउन सर्वोच्च अदालत र ४ जना प्रधानन्यायाधीशहरुको समेत भूमिका रहेको प्रतिक्रिया दिएका थिए। गत सोमबार भूषणलाई अदालतप्रति अपमानजनक शब्द प्रयोग गरेको भन्दै दोषण ठहर गरिएको थियो।

अदालतले २४ अगस्टसम्म अदालतप्रति लक्षित गर्दै प्रयोग गरिएको आफ्नो अभिव्यक्ति फिर्ता लिँदै क्षमा माग्न समय दिएको थियो। तर तर प्रशान्तले भने आफूले गरेको ट्वीटका लागि क्षमा नमाग्ने भन्दै ट्वीट मार्फत आफूले अभिव्यक्ति स्वतन्त्राको प्रयोग गरेको बताएका थिए।

Advertisement

सर्वोच्चले भूषणलाई दोषी ठहर गरेपछि केहीले भने त्यसको विरोध गरिरहेका छन्। अदालतले भूषणलाई ६ महिना कैद वा दुई हजार जरिवाना वा दुवै सजाय सुनाउन सक्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top